होन्डाले २०३० भित्र तीन ओटा नयाँ ईभी प्लेटफर्म विकास गर्ने

  • Technology Khabar | ९ बैशाख २०७९, शुक्रबार
होन्डाले २०३० भित्र तीन ओटा नयाँ ईभी प्लेटफर्म विकास गर्ने

काठमाडौं ।

होन्डा मोटर कम्पनीले सन् २०३० सम्ममा लाखौं विद्युतीय गाडी बनाउने लक्ष्य लिएको छ।

यसका लागि उसले तीन ओटा नयाँ त्यसैका लागि लक्षित प्लेटफर्म बनाउने भएको छ जसमध्ये एउटामा अमेरिकाको जनरल मोटर्सको पनि साझेदारी रहने कम्पनीका वरिष्ठ कार्यकारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

होन्डाको इलेक्ट्रिफिकेशनका ग्लोबल हेड शिन्जी आओयामाले रोयटर्सलाई बताए अनुसार कम्पनीले सन् २०२४ मा जापानमा सानो ईभी प्लेटफर्ममा बनेको एउटा मिनि कमर्सियल विद्युतीय सवारी सार्वजनिक गर्ने योजना बनाएको छ।

यसबाहेक अर्को एउटा प्लेटफर्म सन् २०२६ मा उत्तर अमेरिकामा बन्ने र त्यो तुलनात्मक रुपमा पहिलोभन्दा ठूलो हुने बताइएको छ। यी दुवै प्लेटफर्ममा अन्य मोडलहरु पनि उत्पादन हुने रोयटर्सले उल्लेख गरेको छ।

आओयामाले भिडियो कलमार्फत् बोल्दै आफ्नो तेस्रो ईभी प्लेटफर्म मझौला आकारको हुने र यसमा जनरल मोटर्सको लगानीका साथै सन् २०२७ सम्म तयार भइसक्ने जानकारी दिए।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार