
काठमाडौं ।
सन् २०२४ मा आउने आईफोनमा अन्डर डिस्प्ले क्यामरा रहने भएको छ।
हालै एप्पलका विश्लेषक मिङ-चि कुओले उक्त प्रविधि विकास गरिरहेको संकेत गरेका हुन्।
उनका अनुसार एप्पलले अन्डरडिस्प्ले क्यामरा तथा अन्डरडिस्प्ले फेस आईडीयुक्त पहिलो आईफोन सन् २०२४ मा आउने बताएका छन्।
उनले यो अपग्रेड प्राविधिक हिसाबले भन्दा पनि बजारीकरणको उद्देश्यले गर्न लागिएको पनि जानकारी दिएका छन्।
फोटोको गुणस्तरका आधारमा भन्नु पर्दा अन्डरडिस्प्ले सेल्फी क्यामरा बाहिर देखिने क्यामराको तुलनामा अब्बल नहुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
अन्डरडिस्प्ले क्यामरामा रहेको सेन्सरमा कम मात्र प्रकाश छिर्ने भएकाले गुणस्तरमा फरक पर्ने बुझिएको हो।
प्रकाशित: ८ बैशाख २०७९, बिहीबार