
काठमाडौं ।
चीनमा रहेका माइक्रोकन्ट्रोलर यूनिट (एमसीयू) आपूर्तिकर्ताहरु अटो उद्योगतर्फ आकर्षित हुन थालेका छन्।
उद्योग स्रोतका अनुसार हाल विश्वभरमै कार-ग्रेड चिपको अभाव रहेका कारण एमसीयू आपूर्तिकर्ताहरुले यस्तो निर्णय गरेको डिजिटाइम्सले लेखेको छ।
अटोमोटिभ चिप आपूर्तिकर्ताहरुले लगातार आफ्ना डेलिभरी तालिका पर सार्दै लगिरहेका बेला एसटीमाइक्रोइलेक्ट्रोनिक्स तथा इन्फिनिअन टेक्नोलोजिजजस्ता मुख्य एमसीयू आपूर्तिकर्ताले धेरैपटक मूल्य बढाएकाले हाल चिनियाँ कम्पनीहरुले पनि तिनीहरुकै सिको गरेका छन्।
परम्परागत अटोमोटिभ इलेक्ट्रोनिक्स मुख्यगरी इन्टिग्रेटेड डिभाइस निर्माताहरुले आपूर्ति गर्ने गर्दछन्।
स्रोतका अनुसार ती चिपहरुको उपयोगगिता र बिक्रीको आँकडालाई मध्यनजर गरेर मात्रै उनीहरुले उत्पादन बढाउने वा नबढाउने भन्ने परम्परागत तरिकाले निर्णय गर्छन्।
वैश्विक एमसीयू बजारमा एसटी, इन्फिनिअन, एनएक्सपी सेमिकन्डक्टर्स तथा माइक्रोचिप टेक्नोलोजी हावी भइरहेका बेला वैश्विक चिप अभावलाई मध्यनजर गर्दै चिनियाँ कम्पनीहरुले यी बलिया कम्पनीहरुसँग प्रतिस्पर्धामा उत्रने निर्णय गरेको डिजिटाइम्सले उल्लेख गरेको छ।
प्रकाशित: ८ बैशाख २०७९, बिहीबार