Technology Khabar १९ मंसिर २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, १९ मंसिर । के तपाईँलाई लुगा धुन मन पर्दैन ? यदि तपाईँलाई लुगा धुन मन पर्दैन, अल्छि लाग्छ वा समय छैन भने अब चिन्ता नलिनुस् यसको समाधान आएको छ ।
जापानी लगानीकर्ताले आफैँ लुगा धुने, मिलाउने र पट्याएर राख्ने मेसिनको आविष्कार गरेका छन् । यसको लागि लगानीकर्ताले ५३ मिलियन अमेरिकी डलर यसको विकासका लागि विभिन्न कम्पनीहरुबाट प्राप्त गरिसकेका छन् । अत्याधुनिक प्रविधिको ‘लाउण्ड्रोयड’ (Laundroid) नामक लुगा धुने मेसिन बनाउन पानासोनिक कर्पोरेसनले पनि लगानी गरेको छ ।
जापानीलगानीकर्ता सिन साकेनले तयार पारेको यो रोबोट मेसिनले लुगा धुने र सुकाउनुका साथै यसलाई छान्ने, पट्याउने र सफासँग मिलाएर राख्ने काम पनि गर्दछ । रेफ्रिजेरेटर आकारको यो डिभाइसले पूर्णरुपमा वासिंग मेसिनको काम गर्दछ र यसले लुगालाई सुकाएर मानिसहरुको लुगाराख्ने ड्रअरमा राख्दछ ।

यो डिभाइस बनाउने सेभेन ड्रिमर्स ल्याबरोटरिज इंकका (Seven Dreamers Laboratories Inc.) सिन साकेनले अन्तरिक्षबाट पृथ्वीमा नभएको प्रविधिलाई ल्याउने विचार गरेका थियौं र यो प्रविधिलाई स्वचालित बनाउन सकेमा यसले लुगाधुने कामलाई सहज गर्ने बताए ।
यो डिभाइस आविष्कारको समयमा यसको मूल्य २,७०० अमेरिकी डलर भन्दा पनि कम राख्ने कोशिस भएको छ र वासिंग मेसिन आगामी मार्चमा बिक्रीका लागि उपलब्ध हुने बताईएको छ । यसको उपभोक्ता मूल्य अन्य सामान्य वासिंग मेसिनको भन्दा केहि बढि हुनसक्ने छ । स्वचालित लुगा धुने मेसिन लाउण्ड्रोयड पानासोनिक कम्पनीले उत्पादन गर्नेछ ।
यो वासिंग मेसिन स्वचालित भएपनि प्रयोगकर्ताहरुले केहि काम भने गर्नुपर्ने हुन्छ । मेसिन भित्र लुगा हाल्नु पहिले प्रयोगकर्ताहरुले सर्टको बटन लगाउने, लुगा उल्टो भए नभएको हेर्ने तथा मोजाहरुको गाँठो पार्ने लगायतका काम गर्नुपर्ने हुन्छ ।
यो लुगा धुने मेसिनले प्रत्येक लुगा पट्याउनका लागि करिब १० मिनेट लाग्ने र यसलाई घटाउने प्रयास भएको छ । वासिंग मेसिनले लुगा मिलाउनका लागि यसलाई वाईफाईद्धारा जोडिनेछ । यसको लागि सन् २०१७ देखि अर्डर लिईने र यसको न्यूनतम मूल्य ७०० देखि ८५० अमेरिकी डलरको बिचमा हुनेछ ।
प्रकाशित: १९ मंसिर २०७३, आईतवार