फेसटाइम क्यामरा र टीभीओएस युक्त होमपड ल्याउँदै एप्पल

  • Technology Khabar | ६ बैशाख २०७९, मंगलवार
फेसटाइम क्यामरा र टीभीओएस युक्त होमपड ल्याउँदै एप्पल

काठमाडौं ।

एप्पलले फेसाटाइम क्यामरा र टीभीओएस चल्ने होमपडमा काम गरिरहेको छ।

हालै ब्लूमबर्गका मार्क गर्मनले एप्पलले टीभी ओएस चल्ने र बिल्ट-इन क्यामरायुक्त होम स्पीकरमा काम गरिरहेको बताएका हुन्।

यो नयाँ होमपडले घरमा रहेको स्ट्रिमिङ/टीभी बक्स टीभीसँग कनेक्ट भएको अवस्थामा यसको क्यामरामार्फत् टीभीको ठूलो स्क्रीनमा फोटो लिन सकिने जीएसएमएरिनाले जनाएको छ। यसबाहेक यसलाई कुनै बैठक कोठामा पनि राख्न मिल्ने बताइएको छ।

यो ‘कम्बिनेशन प्रडक्ट’ एप्पलको होमपड बैठक कोठामा पहुँचका हिसाबले तयार पारिएको गर्मनले उल्लेख गरेका छन्।

यो आउँदै गरेको भनिएको होमपड मिनि गत वर्ष आएर उत्पादन बन्द गरिएको होम पडको सिक्वेल नभई हाइब्रिड डिभाइस हुने अपेक्षा गरिएको छ।

यो आउँदै गरेको भनिएको होमपड मिनि गत वर्ष आएर उत्पादन बन्द गरिएको होम पडको सिक्वेल नभई हाइब्रिड डिभाइस हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ६ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार