
काठमाडौं ।
भारतीय विद्युतीय स्कूटर ओला एस१ प्रो को गुणस्तरमा एक पटक फेरि प्रश्नचिह्न खडा भएको छ।
केही समयअघि ओलाको स्कूटरमा आगलागी भएको घटनाले चर्चा पाएको थियो भने अहिले अर्को ओला एस१ प्रो इलेक्ट्रिक स्कूटरको अगाडिको पाङ्ग्रा छुट्टिएको फोटो इन्टरनेटमा भाइरल भइरहेको छ।
यी फोटोहरुमा सडकको छेउमा राखिएको ओला एस२ प्रो इलेक्ट्रिक स्कूटरको अगाडिको सस्पेन्शन र पाङ्ग्रा नराम्ररी बिग्रिएको देखिएको छ।
यति ठूलो समस्याको कारणबारे हालसम्म यकिन भइनसकेको भास्कर डटकमले जनाएको छ।
इन्टरनेटमा आएका फोटोहरु हेर्दा नीलो रंगको ओला एस१ प्रो इलेक्ट्रिक स्कूटरको अगाडिको सस्पेन्शन स्कूटरबाट अलग भएको छ भने यसको पाङ्ग्रा अगाडिपट्टि आएको देखिएको छ।
पाङ्ग्रा टुट्ने सम्भावित दुई कारण
यो घटनाका पछाडि मुख्य दुई कारण हुन सक्ने आकलन गरिएको छ।
पहिलो स्कूटरधनीले व्यस्त सडकमा चलाइरहेको बेला कुनै ढुङ्गासँग ठक्कर खाएर र अर्को स्कूटरको अघिल्लो भाग आफैं पनि टुटेको हुन सक्छ। तर यसबारेमा हालसम्म केही जानकारी आइसकेको भने छैन।
प्रकाशित: ५ बैशाख २०७९, सोमबार