निर्वाचन आयोगको कल सेन्टरमा चाप

  • Technology Khabar | ५ बैशाख २०७९, सोमबार
निर्वाचन आयोगको कल सेन्टरमा चाप

काठमाडौं ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगको ‘कल सेन्टर’मा जिज्ञासाको चाप बढेको छ।

आयोगले स्थानीय तह निर्वाचन सम्बन्धमा सर्वसाधारणलाई लागेको जिज्ञासाको जवाफ दिन र आचारसंहिता उल्लङ्घनका घटनाबारे गुनासो गर्न चैत १५ देखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दैनिक तीन सयभन्दा बढी फोन आएको बताए। सर्वसाधारणले आयोगको कल सेन्टरमा मतदाता नामावलीमा नाम समावेश, मतदाता परिचयपत्रको प्रतिलिपि कसरी र कहिले पाउने, आचारसंहिता उल्लङ्घनका घटनाबारे सोधपुछ गरेको आयोगले जनाएको छ ।

प्रवक्ता पौडेलले भने, “कल सेन्टर अत्यन्तै प्रभावकारी भएको छ, कर्मचारीले जवाफ दिन नसकेको प्रश्न सम्बन्धित शाखाका प्रमुख वा सहायक समक्ष राखिने व्यवस्था गरिएको छ ।”

कल सेन्टरको निःशुल्क नम्बर ११०२ मा आएको सवालको जवाफ चार जना कर्मचारीले दिने गरेका छन् । अन्य प्राविधिक र व्यवस्थापनका गरी नौ जना कर्मचारी कार्यरत छन् । गोरखापत्रबाट

प्रकाशित: ५ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार