डिजिटल बैंकिङ्गका लागि सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य

  • Technology Khabar | ५ बैशाख २०७९, सोमबार
डिजिटल बैंकिङ्गका लागि सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य

काठमाडौं ।

डिजिटल प्रविधिमा स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं भन्दै बैंकिङ सेवामा डिजिटाइजेसनलाई प्रवर्द्धनका लागि सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच आइतबार सहकार्य भएको छ।

दुई बैंकबीच पोइन्ट अफ सेल (पीओइस) सेवाका लागि सहकार्य भएको छ। यससँगै लुम्बिनी विकास बैंकले कार्ड मार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकबर्गलाई पोइन्ट अफ सेल डिभाइस (पीओएस) उपलब्ध गराउन सक्नेछ भने सो कार्यका लागि प्राबिधिक सेवा तथा कारोबारको सेटलमेन्ट सनराइज बैंकले प्रदान गर्ने बताईएको छ।

सम्झौता पत्रमा सनराइज बैंकका नायव महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका छन् ।

सनराइज बैंकले १५९ एटीएम, १३९ शाखा, १३ एक्सटेन्सन काउण्टर, ९० वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: ५ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार