अब जस्टिन बिबर र मारिया शारापोभा पनि क्रिप्टोकरेन्सीतर्फ

  • Technology Khabar | ३० चैत्र २०७८, बुधबार
अब जस्टिन बिबर र मारिया शारापोभा पनि क्रिप्टोकरेन्सीतर्फ

काठमाडौं ।

क्रिप्टोकरेन्सी कारोबार संस्था मूनपेले ६० भन्दा बढी हाइ-प्रोफाइल लगानीकर्ताबाट ८ करोड ७० लाख डलर संकलन गरेको छ।

यी लगानीकर्ताहरुमा गायक जस्टिन बिबर, र्यापर स्नूप डग, टेनिस खेलाडी मारिया शारापोभा तथा नायक ब्रुस विलिस लगायतका छन्।

यी लगानीकर्ताहरुको सामग्री कन्टेन्ट क्रियशन तथा फ्यानहरुको सहभागिता विस्तारमा एनएफटीका रुपमा प्रयोग हुने रोयटर्सले उल्लेख गरेको छ।

यी लगानीकर्ताहरुले गत नोभेम्बरमा घोषणा गरिएको कम्पनीको ए सिरिज राउन्ड अन्तर्गत उक्त परिमाणको लगानी गरेका मूनपेले जनाएको छ।

रोयटर्सका अनुसार ६ सयभन्दा बढी क्रिप्टो स्टार्टअपहरुले साढे १२ अर्ब रुपैयाँ संकनल गरिसकेका छन्। यो आँकडा हालै फन्ड म्यानेजर संस्था ३आईक्यू डिजिटल एसेसट्सका म्यानेजिङ डाइरेक्टर एलेक्स म्याक्डुगलले सार्वजनिक गरेका हुन्।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार