नोकिया रुसबाट पूर्णरुपमा बाहिरिँदै, कुनैपनि व्यापार नगर्ने

  • Technology Khabar | ३० चैत्र २०७८, बुधबार
नोकिया रुसबाट पूर्णरुपमा बाहिरिँदै, कुनैपनि व्यापार नगर्ने

काठमाडौं ।

टेलिकम उपकरण निर्माता नोकिया रूसी बजारबाट बाहिर निस्किरहेको छ। फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि र मस्को विरुद्ध पश्चिमी प्रतिबन्ध लगाएपछि सयौं विदेशी कम्पनीहरूले रुससँगको सम्बन्ध तोडिरहेका छन्। यसै अवस्थामा फिनल्याण्डको टेलिकम उपकरण निर्माताले रुसमा आफ्नो व्यापार बन्द गर्ने घोषणा गरेको हो।

यसले अनिश्चितकालका लागि देशमा आफ्नो व्यवसाय निलम्बन गरिरहेको नोकियाका प्रमुख कार्यकारी अधिकृत सीईओ पेक्का लण्डमार्कलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

‘वर्तमान अवस्थामा त्यस देशमा निरन्तरता दिन हामीले कुनै सम्भावना देखेका छैनौँ,’ लण्डमार्कले भनेका छन्।

उनकाअनुसार रुसी बजारबाट बाहिरिरहेको समयमा पनि आफ्ना ग्राहकहरूलाई नोकियाले सेवा प्रदान गरिरहनेछ। र बाहिरिन कति समय लाग्ने भन्ने अहिले नै भन्न सकिने अवस्था छैन।

नोकियाले हालका प्रतिबन्धहरूको पालन गर्न ग्राहकहरूलाई समर्थन गर्न सान्दर्भिक इजाजतपत्रहरूको लागि आवेदन गरिरहेको यसले एक विज्ञप्तिमा भन्यो।

यसअघि गत नोभेम्बर महिनामा नोकियाले रुसको याडरो समूहसँग मिलेर त्यहाँ फोरजी र फाइभजीका लागि आधार केन्द्र बनाउने घोषणा गरेको थियो। तर रिपोर्टअनुसार सो काम लागू नगर्ने लण्डमार्कले बताएका छन् ।

रसियाले पनि नेटो सैन्य गठबन्धनमा सामेल हुने फिनल्याण्ड र स्वीडेनको रुचिको विषयलाई लिएर क्रमशः नोकिया र एरिक्सनका घरेलु देशहरूसँग भिडन्तमा छ।

रुसबाट बाहिरिने नोकियाको घोषणाले २ हजार कामदार प्रभावित हुने जनाइएको छ।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...