चिप अभाव २०२३ सम्मै कायमै रहने बीएमडब्लूका सीईओको भनाइ

  • Technology Khabar | २८ चैत्र २०७८, सोमबार
चिप अभाव २०२३ सम्मै कायमै रहने बीएमडब्लूका सीईओको भनाइ

काठमाडौं ।

सेमिकन्डक्टर चिपको अभाव सन् २०२३ सम्म यथावत रहने भएको छ।

हालै जर्मन कार निर्माता बीएमडब्लूका सीईओ ओलिभर जिप्सेले नुए जुइचर चाइटुङसँगको अन्तरवार्ताका क्रममा यस्तो बताएका हुन्।

‘हामी चिप अभावको अझै शीर्षबिन्दुमा छौं’, जिप्सेले भनेका छन्, ‘यसमा सुधार आउन अझै अर्को वर्ष लाग्ने मैले अपेक्षा गरेको छु, तर हामीले सन् २०२३ मा पनि आधारभूत अभाव खेप्नुपर्ने देखिएको छ।’

बीएमडब्लूले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा गत मार्च मध्यमा आफूले २०२२ को अन्त्यसम्म चिप अभाव टुंगिने अपेक्षा गरेको बताएको थियो।

जिप्सेको यो टिप्पणी गत शनिबार फक्सवागनका सीएफओ आर्नो एन्टलिजले चिपको आपूर्ति सन् २०२४ सम्म पनि माग बराबरको नहुने भनी व्यक्त गरेको विचारसँग मिल्दोजुल्दो देखिएको रोयटर्सले जनाएको छ।

प्रकाशित: २८ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार