जीपी फाउण्डेशनद्वारा आइटी इन्टरप्रिनरसीप कार्यशाला आयोजना

Technology Khabar २८ चैत्र २०७८, सोमबार

काठमाडौं ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनद्वारा आयोजित आइटी इन्टरप्रीनरसीप र लिडरसीप विषयक तीन दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

कार्यशाला गोष्ठी समापन समारोहका पूर्व उपप्रधानमन्त्री एबम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले प्रजातन्त्र तथा शान्तिको स्थापनाका लागि गिरिजा बाबुले गरेको योगदानको चर्चा गरे। उनले फाउण्डेशनले राखेको आइटी इन्टरप्रीनरसीप र लिडरसीप कार्यक्रम समय सान्दर्भिक रहेको बताए। वर्तमानमा सबै कुरा प्रविधिमा निर्भर रहेकाले सहभागी बिद्यार्थीलाई तालिममा सिकेको विषयलाई मनन गर्दै थप सृजनशील हुन आग्रह गरे।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाले फाउन्डेशनले विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद तथा बिबिध अनुसन्धानमुलक क्रियाकलाप गर्दैआइरहेको चर्चा गरिन्। सोही निरन्तरता दिनेक्रममा आइटी र स्वरोजगारी सम्बन्धी कार्यशाला आयोजना गरेको बताईन्।

कार्यक्रममा पूर्व बिज्ञान तथा प्रबिधि मन्त्री मानबहादुर बिश्वकर्माले अहिलेको समय विज्ञान र प्रविधिको युग भएकाले गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आयोजना गरेको आइटीसँग सम्बन्धित कार्यशाला गोष्ठीले युवा विद्यार्थीलाई लाभ हुने बिश्वास ब्यक्त गरे।

गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशनका रिसर्च डिरेक्टर डा. तारा बन्जाडेले फ़ाउण्डेशनले आयोजना गरेको त्रिदिवसीय कार्यशाला गोष्ठीले बिद्यार्थीलाई आइटी र स्वरोजगारीको बिषयमा नयाँ दिशा तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। सो कार्यक्रममा विभिन्न कलेजबाट सहभागी विद्यार्थीलाई विभिन्न विधाका बिषय विज्ञले तालिम प्रदान गरेका थिए। गोरखापत्रबाट

प्रकाशित: २८ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया