Technology Khabar २८ चैत्र २०७८, सोमबार
काठमाडौं ।
स्मार्टफोन निर्माता चिनियाँ कम्पनी अनरले पनि आफ्नो इलेक्ट्रिक स्कुटर चीनमा लन्च गरेको छ। कम्पनीले हालैको लन्च कार्यक्रममा अनर प्ले ६टी (Honor Play 6T) र प्ले ६टी प्रो (Play 6T Pro) स्मार्टफोनहरूसँगै अनर च्वाइस पी१० (Honor Choice P10) इलेक्ट्रिक स्कुटर पनि लन्च गरेको छ।
योस्कुटरको विशेष कुरा यसमा ७२० वाट उच्च हर्स पावरको रियर ड्राइभ मोटर छ र यो फोल्ड गर्न मिल्ने इलेक्ट्रिक स्कुटर हो।
यसलाई तपाईले सजिलैसँग फोल्ड गरेर धेरै सानो ठाउँमा राख्न सक्नुहुन्छ। यसबाहेक कम्पनीले यसमा १० इन्च साइजको टायर प्रयोग गरेको छ, जसले आरामदायी सवारी दिने कम्पनीको दाबी छ।
अनर च्वाइन पी१० इलेक्ट्रिक स्कूटर मूल्य, उपलब्धता
चीनमा अनर च्वाइन पी१० को मूल्य २,२९९ युआन छ। कम्पनीले यसलाई पहिलो बिक्रीमा १९९९ युआनमा उपलब्ध गराएको छ। स्कुटर हाल जिङ्गडोङ्ग (जेडी डटकम) मा सूचीबद्ध छ। यो स्कुटर कालो र सेतो रंगमा उपलब्ध रहेको छ।
अनर च्वाइन पी१० इलेक्ट्रिक स्कूटरका फिचरहरू
अनर च्वाइन पी१० इलेक्ट्रिक स्कुटरमा ७२० वाटको उच्च हर्स पावर रियर ड्राइभ मोटर छ। स्कुटरमा डुअल ब्रेकिङ सिस्टम र बीएमएस ब्याट्री गार्ड जस्ता सुविधाहरू छन्। यसको बडी उड्डयन एल्युमिनियम मिश्र धातुले बनेको छ र वायरलेस छ।
स्कुटरमा सवारी गर्नका लागि तीन मोड छन्। यसमा ऊर्जा बचत, स्ट्यान्डर्ड र स्पोर्ट्स मोडहरू समावेश छन्। कम्पनीले स्कुटरलाई एक पटक चार्जमा ३५ किलोमिटरसम्म लैजान सक्ने बताएको छ। गतिको कुरा गर्ने हो भने यो २५ किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्छ।
अनर च्वाइन पी१० ई-स्कुटरले १० इन्चको टायर प्रयोग गरेको छ, जसले सडकमा सुरक्षित ड्राइभको प्रतिज्ञा गरेको छ। यसको अगाडिको चक्कामा मेकानिकल ब्रेक र रियर ह्वीलमा इलेक्ट्रोनिक ब्रेक सिस्टम दिइएको छ। स्कूटरमा क्रूज कन्ट्रोल सपोर्ट पनि उपलब्ध छ।
यसको एक प्रमुख विशेषताहरु मध्ये यसको फोल्डेबल डिजाइन हो। जसले गर्दा तपाईं यसलाई धेरै कम ठाउँमा राख्न सक्नुहुन्छ। यस बाहेक यो एपमा आधुनिक फिचरको सपोर्ट पनि राखिएको छ।
यो इलेक्ट्रिक स्कुटर अन्य बजारमा आउँछ वा आउँदैन भन्ने केहि जानकारी छैन्।
प्रकाशित: २८ चैत्र २०७८, सोमबार