
काठमाडौं ।
ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालिको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आरओले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “स्वछ पानी, साथमा बीमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी” भन्ने नारासहित जारी गरेको यस अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडल र केन्ट हेपा एयर प्युरिफायरको खरिदमा रु.३ लाखको दुर्घटना बीमा पाउनुहुनेछ।
यो ग्राहक योजना चैत २५, २०७८ देखि सम्पूर्ण नेपालमा सिमित अवधिको लागि मात्र लागू गरिएको छ।
केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: २७ चैत्र २०७८, आईतवार