नयाँ वर्षमा सुबिसुको ‘शुभकामना’ अफर, आकर्षक मूल्यमा ४ डिजिटल टिभी सहित हाई स्पिड इन्टरनेट

  • Technology Khabar | २७ चैत्र २०७८, आईतवार
नयाँ वर्षमा सुबिसुको ‘शुभकामना’ अफर, आकर्षक मूल्यमा ४ डिजिटल टिभी सहित हाई स्पिड इन्टरनेट

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले नयाँ वर्षको अवसरमा आकर्षक ‘शुभकामना अफर’ सार्वजनिक गरेको छ। कम्पनीले चार ओटा डिजिटल टिभी सहितको उच्च गतिको इन्टरनेट प्याकेज आकर्षक मूल्यमा उपलब्ध गराउने भएको हो।

कम्पनीका अनुसार ग्राहकले शुभकामना अफर अन्तर्गत केवल मासिक १७७० रुपैयाँमा प्रिमियम प्याकेज सहित चार डिजिटल टिभी र ६५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन्। जसका लागि ग्राहकले एक वर्षको प्याकेज लिनुपर्नेछ।

वार्षिक प्याकेजको मूल्य भ्याट बाहेक २१ हजार २३९ रुपैयाँ रहेको छ। यो प्याकेजमा डुअल ब्यान्ड ओएनयू (५ गीगाहर्ज), एक्टिभेसन चार्ज, एक्टिभेसन सहित एउटा क्लियर टिभी सेट टप बक्स र वायर समावेश गरिएको छ।

प्रकाशित: २७ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...