वनप्लसको पहिलो फोल्डेबल स्मार्टफोन ओपो फाइन्ड एनको रिब्रान्डेड भर्सन हुन सक्ने

  • Technology Khabar | २७ चैत्र २०७८, आईतवार
वनप्लसको पहिलो फोल्डेबल स्मार्टफोन ओपो फाइन्ड एनको रिब्रान्डेड भर्सन हुन सक्ने
प्रतिकात्मक

काठमाडौं ।

वनप्लसको फोल्डेबल डिभाइस छिट्टै आउने भएको छ।

तर हालैका केही रुमरहरुका अनुसार यो डिभाइस सम्पूर्ण रुपमा नयाँ नभई अर्को कुनै सहायक ब्राण्डको एउटा मोडलको रिब्रान्डेड भर्सन हुन सक्नेछ।

सामान्यतया: चिनियाँ कम्पनी शाओमीले आफ्ना सहायक ब्राण्ड रेडमी तथा पोकोका फोनहरुलाई रिब्राण्ड गरेर बजारमा ल्याउने गरेकामा अब ओपो र वनप्लसले पनि सोही बाटो पछ्याउन लागेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

वनप्लसले यसै वर्ष फोल्डेबल फोन ल्याउने तयारी गरिएको र उक्त फोन यसअघि बजारमा उपलब्ध ओपो फाइन्ड एन को रिब्राण्डेड भर्सन हुनसक्ने आकलन गरिएको छ। स्रोतलाई उद्धृत गर्दै जीएसएमएरिनाले ओपो फाइन्ड एन र वनप्लसको फोल्डेबल फोनमा नाम मात्र अलग रहनेछ।

यो डिभाइस कहिलेसम्म आइसक्छ भन्ने कुनै यकित मिति बाहिर आएको छैन।

प्रकाशित: २७ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार