रुसमाथि ईयूको प्रतिबन्ध: यस पटक क्रिप्टो तथा वित्तीय संस्थामाथि

  • Technology Khabar | २६ चैत्र २०७८, शनिबार
रुसमाथि ईयूको प्रतिबन्ध: यस पटक क्रिप्टो तथा वित्तीय संस्थामाथि
फाइल तस्बिर

काठमाडौं ।

यूरोपियन ‍यूनियनले शुक्रबार क्रिप्टो वालेट, बैंक, मुद्रा तथा ट्रस्टहरुमाथि आफ्नो प्रतिबन्ध लक्षित गरेको छ।

ईयूले रुसमाथिको आफ्नो प्रतिबन्धको पाँचौं प्याकेज अन्तर्गत यस्ता वित्तीय संस्थाहरुमाथि लक्षित गरेको हो।

ईयूले प्रतिबन्धित रुस वा कुनै रुसी नागरिकले कुनै पनि मार्गबाट रकम विदेशमा पठाउन नसकून् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको रोयटर्सले उल्लेख गरेको छ।

यूनियनले क्रिप्टो वालेटहरुमा रहेको सञ्चितिमाथिको प्रतिबन्ध अझै बढाउने  शुक्रबार बताएको छ।

‘यसले सम्भाव्य गुप्तमार्गहरु बन्द गर्नमा योगदान गर्न सक्छ’, ईयूको कार्यकारी यूरोपेली कमिशनले विज्ञप्तिमा भनेको छ।

क्रिप्टो वालेटले हाल व्यक्तिहरुलाई आफ्ना क्रिप्टोकरेन्सी सुरक्षित राख्नका लागि पासवर्ड प्रदान गर्ने गरेको छ जसमार्फत् बिटक्वाइन झैं क्रिप्टो पठाउन, पाउन तथा खर्च गर्न सकिन्छ।

ईयूले बैंक नोट तथा शेयरजस्ता स्थानान्तरण गर्न सकिने सम्पत्ति ईयूका सदस्य राष्ट्रका आधिकारिक मुद्रामा परिवर्तन गरेर रुस तथा बेलारुसमा पठाउनबाट पनि प्रतिबन्ध लगाउने बताएको छ।

प्रकाशित: २६ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×