अमेजफिटद्वारा जीटीएस २ मिनिको सस्तो भर्सन सार्वजनिक

  • Technology Khabar | २५ चैत्र २०७८, शुक्रबार
अमेजफिटद्वारा जीटीएस २ मिनिको सस्तो भर्सन सार्वजनिक

काठमाडौं ।

चिनियाँ स्मार्ट ग्याजेट कम्पनी अमेजफिटले जीटीएस २ मिनिको नयाँ भर्सन सार्वजनिक गरेको छ।

हाल बजारमा रहेको जीटीएस २ मिनी स्मार्टवाच एक वर्षअघि सार्वजनिक भएको थियो भने यो डिभाइस कम्पनीको निकै रुचाइएको स्मार्टवाचमध्येमा परेको छ।

कम्पनीले हालै यसको नया भर्सन भारतमा सार्वजनिक गरेको छ र यसको मूल्य पनि यसअघिको ७ हजार भारुको तुलनामा १ हजार घटाएर ६ हजार भारु मात्र कायम गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो डिभाइस भारतमा अमेजन डट आईएनको आधिकारिक स्टोरमा अप्रिल ११ देखि उपलब्ध हुने बताइएको छ।

कम्पनीले यो डिभाइसको नाम अमेजफिट जीटीएस २ मिनि न्यू भर्सन राखेको छ। तर जीएसएमएरिनाका अनुसार नयाँ र पुरानो भर्सन सँगै राख्दा मूल्यबाहेक अरु कुनै कुरामा परिवर्तन देखिएको छैन।

यसमा पहिले झैं १.५५ इन्चको ४५० निट्स ब्राइटनेसयुक्त एमोलेड डिस्प्ले तथा ८० भन्दा बढी वाच फेस रहेको छ। यीमध्ये ५० वाच फेस पेशेवर डिजाइनरले बनाएका बताइएको छ।

यस्तै अलवेज अन फङ्शनमा भने ६० भन्दा बढी डिजाइन उपलब्ध छ।

प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार