संस्थागत श्रम स्वीकृति अब अनलाइन प्रणालीबाट मात्र हुने

  • Technology Khabar | २५ चैत्र २०७८, शुक्रबार
संस्थागत श्रम स्वीकृति अब अनलाइन प्रणालीबाट मात्र हुने

काठमाडौं ।

वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंले संस्थागत अर्थात म्यानपावर कम्पनीहरु मार्फत हुने श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ।

कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको छ।

कार्यालयले पुन, संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति जारी गर्दै आएको छ। संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनिहरुका प्रतिनिधि कार्यालयमा आउने गरेकोमा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थिति बिना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो।

गत माघदेखि कार्यालयले अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी गर्दै आएको छ। पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक एक हजार भन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभइ अनलाइनबाट सेवा लिँदै आएका छन्।

आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासो रहित सेवा प्रदान गर्न मन्त्रालयले दिएको निर्देशन अनुसार पुन श्रम स्वीकृति सँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालयको भनाइ छ।

कागजातहरु जाँच गर्न समय लाग्ने तथा कहिलेकाही सर्भरको समस्या हुन सक्ने भएकोले ३ दिन अघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन सम्बन्धित इजाजत पत्रवाला संस्था र सरोकारवालालाई कार्यालयले अनुरोध पनि गरेको छ।

प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार