
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी ओपो के१० प्रो को विवरण लीक भएको छ।
ओपोको के१० सिरिज केही समयमा नै स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको छ। यसअघिको के९ लाइनअप ७ महिनाअघि सार्वजनिक गरिएको थियो।
आउँदै गरेको के१० सिरिजको पहिलो फोन ओपो पीजीआईएम१० हुने र यसलाई ओपो के१० प्रो का नामले चिनिने जीएसएमएरिनाले जनाएको छ।
यो डिभाइसको फोटो र पूर्ण विवरण हालै टीनामा देखिएको र त्यसमार्फत् यो डिभाइस एउटा माथिल्लो श्रेणीको मिड रेन् फोन हुने आकलन गरिएको छ।
ओपो के१० प्रो को सबैभन्दा सस्तो भेरियन्टमा स्न्यापड्रागन ८८८, ८/१२ जीबी र्याम तथा १२८/२५६ को आन्तरिक स्टोरेज रहने बुझिएको छ।
यसमा ६.६२ इन्चको १०८० पिक्सेल रेजोल्युशनयुक्त एमोलेड स्क्रीन रहेको छ जसमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर राखिएको छ।
यसबाहेक पछाडि ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेट अप तथा सेल्फीका लागि १६ मेगापिक्सेलको शूटर दिइएको छ।
जीएसएमएरिनाका अनुसार यो डिभाइसमा ५००० एमएएच क्षमताको ब्याट्री रहने र यसको ८० वाटको चार्जिङ क्षमतालाई थ्रीसी सर्टिफिकेशन पनि प्राप्त भइसकेको छ।
प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार