
काठमाडौं ।
जर्मनीको प्रविधि प्रदर्शनी आईएफए आगामी सेप्टेम्बरमा बर्लिनमा आयोजना हुने भएको छ।
सेप्टेम्बर २ देखि ६ सम्म बर्लिनमा हुने आईएफएमा कन्जुमर इलेक्ट्रोनिक्स, होम एप्लायन्स, सूचना प्रविधि तथा दूरसञ्चारका क्षेत्रमा भएका नयाँ नयाँ विकासहरुका बारेमा प्रदर्शनी गरिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
यसअघि हुनुपर्ने आईएफए २०२१ संस्करण कोभिडका कारण रद्द भएकोमा यसको २०२० संस्करणका बारेमा घोषणा आएको हो।
‘यो उद्योगले भौतिक उपस्थितिमा सञ्चालन हुने इच्छा देखाइरहेको बेला हामी त्यसैलाई सेप्टेम्बरमा सुरक्षित र सफल हिसाबले आईएफए सञ्चालन गरेर त्यसलाई मूर्त रुप दिने प्रतिबद्धतामा छौं ’, आईएफए आयोजनास्थल मेस्से बर्लिनका सीईओ मार्टिन एक्निगले भने।
यो खबर आएसँगै सम्पूर्ण विश्व कोरोना महामारीअघिको चरणमा फर्किन लागेको महसुस भएको बुझिएको छ।
यस वर्ष भएको सीईएस पनि भौतिक उपस्थितिमै थियो। त्यसमा कोरोनाबाट बच्नका लागि अपनाउनुपर्ने सबै सुरक्षात्मक उपायहरु अवलम्बन गरिएको जीएसएमएरिनाले जनाएको छ।
प्रकाशित: २४ चैत्र २०७८, बिहीबार