पृथ्वीबाट १७ हजार प्रकाश वर्ष टाढा पत्ता लाग्यो बृहस्पति जस्तै ग्रह

  • Technology Khabar | २४ चैत्र २०७८, बिहीबार
पृथ्वीबाट १७ हजार प्रकाश वर्ष टाढा पत्ता लाग्यो बृहस्पति जस्तै ग्रह

काठमाडौं ।

वैज्ञानिकहरुले एउटा रोचक खोज गरेका छन्। जसबाट तिनीहरूले पृथ्वीदेखि १७ हजार प्रकाश-वर्ष टाढा ताराको परिक्रमा गरिरहेको एक्सोप्लानेट्स पत्ता लगाएका छन्।

सूर्यबाहेक अन्य ताराहरूलाई परिक्रमा गर्ने बाहिरी ग्रहहरूलाई एक्सोप्लानेट्स भनिन्छ। केप्लर स्पेस टेलिस्कोपको सहयोगमा यो ग्रह पत्ता लागेको हो । विशेष कुरा केप्लर स्पेस टेलिस्कोप अब रिटायर भएको छ। उसले सन् २०१६ मा यो खोजमा भूमिका खेलेको थियो ।

वैज्ञानिकहरूले यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा टाढाको ग्रह भएको बताएका छन्। के२-२०१६-बीएलजी-०००५एलबी नामको यो एक्सोप्लानेट माइक्रोलेन्सिङ प्रविधि प्रयोग गरेर पत्ता लागेको हो। यसको कक्ष र पिण्ड लगभग हाम्रो बृहस्पति ग्रहको बराबर छ। हाम्रो बृहस्पतिले आफ्नो सूर्यलाई परिक्रमा गर्ने दूरीबाट यसले आफ्नो सूर्यलाई परिक्रमा गर्छ।

यो ग्रह पत्ता लागेको तथ्याङ्क अनुसन्धानका लागि सर्भिसबाट बाहिरिनु भन्दा दुई वर्षअघि केप्लर टेलिस्कोपले सङ्कलन गरेको थियो। यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा टाढाको ग्रह हो र अघिल्लो रेकर्डभन्दा दोब्बर टाढा रहेको दाबी गरिएको छ।

अनुसन्धानकर्ताहरूले मार्च ३१ मा रोयल एस्ट्रोनोमिकल सोसाइटीको मासिक सूचनामा आफ्नो निष्कर्ष प्रकाशित गरेका छन्। यूनिभर्सिटी अफ म्यानचेस्टरका पीएचडी विद्यार्थी डेभिड स्पेच नयाँ अनुसन्धानका प्रमुख लेखक हुन्।

साइन्स एन्ड टेक्‍नोलोजी फ्यासिलिटी काउन्सिल (एसटीएफसी) का प्रिन्सिपल अन्वेषक डा. इमोन केरिन्सले यस अनुसन्धान कार्यका लागि अनुदान दिएका थिए। केप्लर टेलिस्कोपले ग्रहहरू पत्ता लगाउन माइक्रोलेन्सिङ प्रयोग गर्ने उद्देश्यले नभएकोले यो खोज उल्लेखनीय रहेको उनले बताए।

गुरुत्वाकर्षण माइक्रोलेन्सिङ प्रयोग गरेर पृथ्वीबाट टाढा अवस्थित एक्सोप्लानेट्स पत्ता लगाउन सकिन्छ। शोधकर्ताहरूले केप्लरको अप्रिलदेखि जुलाई २०१६ सम्मको डाटा अध्ययन गरेका थिए। त्यसपछि अन्तरिक्ष यानले माइक्रोलेन्सिङमार्फत लाखौं ताराहरूको निगरानी गरिरहेको थियो।

यस अध्ययनको लागि क्यानाडा कोरिया बेलायत लगायतका अन्वेषण केन्द्र तथा अनुसन्धान केन्द्रहरुमार्फत खोज गरिएको थियो।

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार