कान्तिपुर टेलिभिजनको आधिकारीक ट्विटर एकाउन्ट ह्याक !

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार
कान्तिपुर टेलिभिजनको आधिकारीक ट्विटर एकाउन्ट ह्याक !

काठमाडौं ।

कान्तिपुर टेलिभिजनको आधिकारीक ट्विटर एकाउन्ट ह्याक भएको छ।
पछिल्लो दिनमा धेरै नेपाली प्रयोगकर्ताहरुको सामाजिक संजाल एकाउन्ट ह्याक भईरहेको बेलामा कान्तिपुर टिभीको आओरकेटिभी यूजर नेम भएको ट्विटर एकाउन्ट ह्याक भएको हो ।

सो एकाउन्ट आज बुधबार बेलुकी नै ह्याक भएको टिभीका समाचार सम्पादक दिलभुषण पाठकले जानकारी दिएका छन्।

उनले ट्वीट गरेर एकाउन्ट नियन्त्रण बाहिर गएको बताएका छन्।

ह्याकरले सो एकाउन्टमा अहिले अन्य जानकारीहरुसहितका अनावश्यक सूचनाहरु राखेको छ भने कान्तिपुर टिभीको लोगो र नाम हटाएर डट मात्रै राखेको देखिन्छ।

ह्याकरले एजुकी भन्ने एकाउन्टलाई रिट्वीट गर्दै एनएफटीको प्रचार गरेको जस्तै देखिन्छ।

सो एकाउन्टमा २ लाख ८७ हजार भन्दा धेरैले फलो गरेको देखिन्छ।

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • २३ चैत्र २०७८, बुधबार