ट्विटरले एडिट बटनमा काम गर्दै, आगामी महिनाहरुमा परीक्षण गरिने जानकारी

  • Technology Khabar | २४ चैत्र २०७८, बिहीबार
ट्विटरले एडिट बटनमा काम गर्दै, आगामी महिनाहरुमा परीक्षण गरिने जानकारी

काठमाडौं ।

ट्विटरले आफ्नो प्लेटफर्ममा नयाँ फिचरअन्तरगत एडिट बटन थप्ने भएको छ।ट्विटरले मंगलबार एक ट्वीट गर्दै एडिट फिचरको परीक्षण गरिरहेको जानकारी दिएको हो।

नयाँ एडिट बटन आएसँगै प्रयोगकर्ताले आफ्नो ट्विट सम्पादन गर्न सक्नेछन्। हाल ट्विटरले प्रयोगकर्ताहरुलाई यो सुविधा दिएको छैन। धेरै प्रयोगकर्ताहरुले समेत एडिट बटनको माग धेरै समय अघिदेखि गरिरहेका छन्। त्यसैले धेरै प्रयोगकर्ताहरूको माग अनुसार नै कम्पनीले एडिट विकल्प थप गर्ने निर्णय लिएको ट्विटरले जनाएको छ।

“अब सबैले सोधिरहेका छन्। हो गत वर्षदेखि हामी ट्विटरमा एडिट फिचर थप्ने विषयमा काम गरिरहेका छौं,’ ट्विटर कमाजले ट्विटमा लेखेको छ, “एडिट विकल्पबारे हामीले पोलमार्फत आइडिया लिएका पनि होइनौं।”

टेस्ला र स्पेसएक्सका सिइओ तथा हालै ट्विटरमा शेयर हिस्सा लिएका अर्बपति इलन मस्कले मंगलबार ट्विटरमा एक पोल राख्दै एडिट बटन राख्नेबारे मत मागेका थिए।जसमा ७५ प्रतिशत भन्दा धेरैले एडिट बटनमा समर्थन गरेका थिए।

ट्विटर कन्जुमर प्रडक्टका प्रमुख जे सुल्लीभानले एडिट फिचर ट्विटरमा केही वर्षदेखि धेरै अनुरोध गरिएको फिचर भएको जानकारी दिएका छन्।

कम्पनीले यस फिचरलाई पहिले ट्विटर ब्लूका लागि ल्याउने छ र त्यसपछि मात्र अन्यलाई दिने नदिने निर्णय गर्ने भएको छ।

हाल यस फिचरलाई ट्विटर ब्लू ल्याबमा परीक्षण आगामी महिनाहरुदेखि शुरु हुने जनाएको छ।

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...