मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई नयाँ वर्षमा अनलाइन सपिङ्ग गर्दा विशेष छुट

  • Technology Khabar | २४ चैत्र २०७८, बिहीबार
मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई नयाँ वर्षमा अनलाइन सपिङ्ग गर्दा विशेष छुट

काठमाडौं ।

नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले विशेष छुट पाउने भएका छन् ।

बुधबार मुक्तिनाथ विकास बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त अफर चैत २८ गतेदेखि सीमित समयको लागि लागू हुने बैंकले जनाएको छ।

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्नेछन् ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । त्यसको लागि बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजैदेखि आवेदन दिनसमेत आग्रह गरेको छ ।

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

MAW Vriddhi announces nationwide Mega Exchange Carnival from 12th to 14th Chaitra

  • Technology Khabar
  • २४ चैत्र २०७८, बिहीबार