टाटा नेउ सुपर एप आगामी अप्रिल ७ मा सार्वजनिक हुने

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार
टाटा नेउ सुपर एप आगामी अप्रिल ७ मा सार्वजनिक हुने

काठमाडौं ।

टाटा डिजिटलको किनमेल र भुक्तानी एकै ठाउँबाट गर्न मिल्ने टाटा नेउ एप आगामी अप्रिल ७ मा सार्वजनिक हुने भएको छ।

उक्त एप तत्कालका लागि टाटा ग्रुपका कर्मचारीहरुबिच परीक्षण भइरहेको ग्याजेट्स३६० ले जनाएको छ।

विशेषगरी डिजिटल किनमेल र भुक्तानीलक्षित टाटाको सहायक कम्पनीले टाटा नेउ एप सार्वजनिक हुने मिति गुगल प्ले तथा एप्पलको एप स्टोरमा सूचीमार्फत् जानकारी गराएको हो।

यो नयाँ एपले सुपर एपका रुपमा काम गर्ने र उपभोक्तालाई उनीहरुका दैनिक खाद्य, इलेक्ट्रोनिक्स, वित्तीय, उडान तथा बिदाका लागि आवश्यक कुराहरुको परिपूर्ति गरिदिने दावी गरिएको छ।

अमेजन गुगल तथा जियोले झैं टाटा नेउ पनि नूनदेखि सफ्टवेयर कम्पनीहरुका थुप्रै ब्रान्डहरुलाई एकै थलोमा कनेक्ट गर्ने हिसाबले डिजाइन गरिएको कम्पनीको भनाइ छ।

उक्त एपले उपभोक्तालाई अनलाइन वा भौतिक स्टोरबाट किनमेल गर्दा नेउक्वाइन्स नामक रिवार्ड प्वाइन्ट पनि प्रदान गर्दछ।

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार