
काठमाडौं ।
नेपाल टेलिकमले आज मंगलबार राति एफटीटीएच तथा एडीएसएस सेवाको सिस्टम अपग्रेड गर्ने भएको छ।
सो सिस्टम अपग्रेडको क्रममा राती ११ बजेदेखि सेवा अवरुद्ध हुन सक्ने बारेमा सेवाग्राहीहरुलाई सचेत गराएको छ।
कम्पनीले एफटीटीएच तथा एडीएसएस सेवाको बितरण प्रणालीको सिस्टम अपग्रेड गर्ने जानकारी दिएको छ। कम्पनीले राती ११ बजे सिस्टम अपग्रेड गर्ने जनाएको छ।
सिस्टम अपग्रेड गर्ने क्रममा पाटन, बबरमहल, किर्तिपूर, सैंबु, ठिमी र भक्तपुरमा केहि समयसम्म सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ।
सिस्टम अपग्रेड गर्ने क्रममा ग्राहकहरुलाई हुने असुबिधा प्रति कम्पनीले क्षमा मागेको छ।
प्रकाशित: २२ चैत्र २०७८, मंगलवार