टाटा नेक्सन कुप इलेक्ट्रिक एसयूभी कन्सेप्ट कार आज सार्वजनिक हुने

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार
टाटा नेक्सन कुप इलेक्ट्रिक एसयूभी कन्सेप्ट कार आज सार्वजनिक हुने

काठमाडौं ।

टाटा मोटर्सले आज बुधबार नयाँ इलेक्ट्रिक एसयूभी कन्सेप्ट कार सार्वजनिक गर्ने भएको छ।

यो कार आगामी २०२४ देखि बिक्री गर्ने ९१मोबाइल्सले जनाएको छ।

यो नयाँ मोडल टाटा नेक्शन सब-४एम कम्प्याक्ट एसयूभीभन्दा माथि तथा टाटा ह्यारियर मिड-साइज एसयूभीभन्दा तलको स्तरको रहेको बुझिएको छ।

यसको पूर्ण इलेक्ट्रिक भर्सन आगामी सन् २०२४ मा बिक्री शुरु गरिने र यो उपभोक्ताका लागि हालको टाटा नेक्सन ईभीभन्दा ठूलो साइजको सवारी हुने कम्पनीले उल्लेख गरेको छ।

टाटा नेक्सन कुप कन्सेप्ट कार यस अघि २०२२ को अटो एक्स्पोमा प्रदर्शन गर्ने योजना भएकोमा अब भने २०२३ जनवरीसम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...