
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुलाई अबदेखि सिमकार्ड/रिमकार्डहरू बिक्री वितरण गर्दा आवश्यक कागजात रुजु गर्न निर्देशन दिएको छ।
प्राधिकरणले ग्राहकले भर्नुपर्ने केवाईसी फाराम रितपूर्वक नभरी र नियमानुसार कागजातहरू रुजु नगरी सेवा प्रदायकहरूले सिमकार्ड/रिमकार्ड बिक्री वितरण भइरहेको जानकारी पाएकाले कडाईका लागि यस्तो निर्देशन जारी गरेको बुझिएको छ।
प्राधिकरणको निर्देशनमा मोबाइल सेवा प्रदायकलाई मात्रै नतोकिई ग्राहकलाई पनि आफ्नै वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड/रिमकार्ड खरिद गर्नु जानकारी गराइएको छ।
यो सूचना विपरीत हुनेगरी सिमकार्ड/रिमकार्ड खरिद बिक्री गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने पनि प्राधिकरणले जानकारी गराएको छ।
प्रकाशित: २२ चैत्र २०७८, मंगलवार