निसानद्वारा अरिया विद्युतीय एसयूभीको बिक्रीमा ढिलाई, आपूर्ति श्रृङ्खला समस्या प्रमुख

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार
निसानद्वारा अरिया विद्युतीय एसयूभीको बिक्रीमा ढिलाई, आपूर्ति श्रृङ्खला समस्या प्रमुख

काठमाडौं ।

अटो निर्माता कम्पनी निसान मोटर कोले आफ्नो अरिया विद्युतीय एसयूभी बिक्रीमा केही ढिलाई गर्ने भएको छ।

कम्पनीले विश्वव्यापी रुपमा चलिरहेको आपूर्ति श्रृङ्खलाको समस्या तथा सेमिकन्ड्कटर चिप अभावका कारण आफ्नो अरिया बीएस६ एसयूभी सार्वजनिक गर्ने मिति पुन: सारेको रोयटर्सले जनाएको छ।

जापानी अटो कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

निसानको अरिया लिफ ह्याचब्याकपछिको दोस्रो ईभी-अन्ली मोडल भएको र अब आगामी मे १२ मा जापानमा सार्वजनिक हुनेछ।

यो गाडी यसअघि २०२१ को मध्यतिर सार्वजनिक हुने तय गरिएको थियो तर त्यतिबेल कोरोनाका कारण भएको चिप अभावले स्थगित भएको थियो।

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Attractive exchange offers at Bajaj ‘Next Gen Maha-Exchange Carnival’

  • Technology Khabar
  • २३ चैत्र २०७८, बुधबार