टर्कीमा क्रिप्टोकरेन्सी एक्सचेन्ज गर्नेहरुलाई ४१ हजार वर्ष जेल सजायको माग

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार
टर्कीमा क्रिप्टोकरेन्सी एक्सचेन्ज गर्नेहरुलाई ४१ हजार वर्ष जेल सजायको माग

काठमाडौं ।

टर्कीले क्रिप्टोकरेन्सीको अवैध एक्सचेन्ज गर्नेहरुलाई ४० हजार वर्षभन्दा बढीको कैद सजाय तोक्ने निर्णय गरेको छ।

हालै एक उजुरीकर्ताले हाल निस्क्रिय क्रिप्टोकरेन्सी एक्सचेन्ज थोडेक्स सञ्चालनको आरोपमा पक्राऊ परेका २१ जनालाई जनही ४० हजार ५६४ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर गरेका हुन्।

ब्लूमबर्गमा डेमिरोरेनले गरेको रिपोर्ट अनुसार उक्त एक्सचेन्जका संस्थापक तथा कार्यकारीहरु उक्त उजुरीकर्ताको मुख्य लक्ष्यमा रहेको पाइएको छ।

गत बिहीबार जारी गरिएको उक्त अभियोगमा एक वर्षदेखि फरार रहँदै आएका थोडेक्सका २८ वर्षीय सीईओ फारुक फाती ओजेरको नाम तोकिएको जेडडीनेटले उल्लेख गरेको छ।

सन् २०२१ अप्रिलमा थोडेक्सको वेबसाइटमा यूजरहरुलाई जानकारी दिने उद्देश्यले एउटा सूचना राखिएको थियो। उक्त सूचनामा बिक्री प्रक्रियाका लागि सम्झौता गर्नुपर्ने भएकाले ट्रेडिङ पोस्ट थुप्रै दिनसम्म बन्द रहने उल्लेख गरिएको थियो।

तर उक्त एक्सचेन्ज त्यसपछि कहिल्यै खुलेन र लगानीकर्ताले आफ्ना सञ्चित रकम झिक्न पाएनन्। थोडेक्सले सामाजिक सञ्जालमा अन्य कसैले ठगी नगरेको वा उनीहरुले सञ्चित पैसा नहराएको ब्यहोरा पोस्ट गरेका थिए।

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार