सामसङ इलेकले चिप्समा २०१८ यताको उच्चतम नाफा रिपोर्ट गर्ने सम्भावना

  • Technology Khabar | २२ चैत्र २०७८, मंगलवार
सामसङ इलेकले चिप्समा २०१८ यताको उच्चतम नाफा रिपोर्ट गर्ने सम्भावना

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडले २०१८ यताको पहिलो त्रैमासिकको उच्च नाफा पोष्ट गर्ने सम्भावना देखिएको छ। विश्लेषकहरूको अनुमानले मेमोरी चिप्समा तीव्र नाफाबाट सञ्चालित भएको देखाएको छ किनकी मेमोरी चिप्सको ठोस मागले मूल्यलाई अपेक्षा गरेभन्दा बलियो राख्न मद्दत गरेको छ।

रिफिनिटिभ स्मार्टइस्टिमेटका १३ विश्लेषकहरूको अनुसार विश्वको सबैभन्दा ठूलो स्मार्टफोन र मेमोरी चिप निर्माताको लागि अपरेटिङ नाफा मार्चमा समाप्त भएको त्रैमासिकमा १३.३ ट्रिलियन वोन (१०.९ अर्ब डलर) मा पुग्ने सम्भावना रहेको रोयटर्सले जनाएको छ।

त्यो एक वर्ष अघिको ९.३८ ट्रिलियन वोनको तुलनामा ४१ प्रतिशत माथि हुनेछ र सन् २०१८ यताको तुलनात्मक रूपमा सुस्त पहिलो त्रैमासिकको उच्च नाफा हो।

दक्षिण कोरियाली टेक दिग्गजले बिहीबार प्रारम्भिक नतिजा घोषणा गर्नेछ।

सामसंगको पहिलो त्रैमासको चिप नाफा ७.६ ट्रिलियन वोन पुग्ने सम्भावना छ, जुन अघिल्लो वर्षको ३.३७ ट्रिलियन वोन भन्दा दोब्बर भन्दा बढी हुनेछ।

यसको चिप व्यवसायले टेक दिग्गजको नाफाको आधा योगदान गर्दछ।

पछिल्लो समय विश्वचर सेमिकण्डक्टर चिपको उच्च माग रहेको छ। यसको अभावले स्मार्टफोनदेखि गाडी निर्माताहरुलाई समेत प्रभावित पारेको छ।

प्रकाशित: २२ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार