मेटाको अटोमेटेड सिस्टमद्वारा बुचा हत्यासँग सम्बद्ध ह्याशट्याग ब्लक

  • Technology Khabar | २२ चैत्र २०७८, मंगलवार
मेटाको अटोमेटेड सिस्टमद्वारा बुचा हत्यासँग सम्बद्ध ह्याशट्याग ब्लक

काठमाडौं ।

फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म्सले उत्तरी यूक्रेनमा भएको सर्वसाधारण हत्यासम्बन्धी ह्याशट्यागमाथि प्रतिबन्ध लगाएको छ।

रुसी सेनाले कब्जा गरेको उक्त क्षेत्रमा नजिकैबाट गोली हानिएका सर्वसाधारणका शवहरु भेटिएको कम्पनीका प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

राजधानी कियभबाहिरको बुचामा भएको उक्त हत्याले पश्चिमी राष्ट्रहरुमाथि अझ प्रतिबन्ध लगाउन आग्रह बढाएको छ।

मेटाका प्रवक्ता एन्डी स्टोनले कम्पनीको अधिनमा रहेको फेसबुक र इन्स्टाग्रामका भयावह दृश्य वा फोटो स्क्यान गर्ने अटोमेटेड सिस्टमले #बुचा तथा #बुचामासाकर ह्याशट्यागहरुलाई ब्लक गरेको बताएका छन्।

‘ती ह्याशट्याग अन्तर्गत मानिसहरुले राखेका दृश्यात्मक सामगग्रीका कारण यो स्व:स्फूर्त रुपमा भएको हो। यो समस्याका बारेमा हामीलाई हिजो मात्र जानाकारी दिइएको थियो र हामीले तत्काल उक्त ब्लक हटाउन पहलकदमी गर्यौं’, उनले ट्विटरमा लेखेका छन्।

प्रकाशित: २२ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार