
काठमाडौं ।
ट्विटरका संस्थापक ज्याक डोर्सीले आफू केन्द्रीकृत इन्टरनेट निर्माणमा संलग्न भएकोमा पछुतो मानेका छन्।
उनले इन्टरनेटका शुरुवाती दिनमा आईआरसीजस्ता प्रोटोकलका कारण वेब अथाह सम्भावनाको भण्डार हुने गरेकोमा त्यस्ता दिन सम्झेर आफू भावुक भएको उल्लेख गरेका छन्।
उनले इन्टरनेटसम्बन्धी हालको परिस्थितिका लागि आफू पनि केही हदसम्म जिम्मेवार रहेकाले पनि आफूलाई पछुतो लागेको उल्लेख गरेका छन्।
the days of usenet, irc, the web…even email (w PGP)…were amazing. centralizing discovery and identity into corporations really damaged the internet.
I realize I'm partially to blame, and regret it.
— jack (@jack) April 2, 2022
‘यूजनेट, आईआरसी, द वेब र पीजीपीसहितको मेल प्रयोगका दिन निकै उत्साहजनक थिए’,उनले शनिबार ट्वीटमा लेखेका छन्।
उनले केन्द्रीकृत कुरा शुरु भएको र कर्पोरेशनको पहिचानले इन्टरनेटलाई तहसनहस पारेको बताउँदै आफू पनि हाल यो प्रवृत्तिमा संलग्न भएकाले निकै पछुतो लागेको पनि थपेका छन्।
प्रकाशित: २१ चैत्र २०७८, सोमबार