शाओमी १२ अल्ट्रा लेदर, ग्लास र सेरामिक भेरियन्टमा आउने

  • Technology Khabar | २० चैत्र २०७८, आईतवार
शाओमी १२ अल्ट्रा लेदर, ग्लास र सेरामिक भेरियन्टमा आउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीको शाओमी १२ अल्ट्रा लेदर, ग्लास तथा सेरामिक भेरियन्टमा आउने भएको छ।

हालै चीनमा उक्त स्मार्टफोनको डिजाइनसम्बन्धी केही जानकारी बाहिरिएका छन्।

हालै आएको रुमरहरुले यसको सम्भावित रंग संयोजनका बारेमा पनि केही खुलासा गरेका छन्।

गत वर्ष आएको शाओमी एमआई ११ अल्ट्रा सेरामिक भर्सनमा मात्र उपलब्ध गराइएकोमा यस पटक भने कम्पनीले अन्य दुई विकल्प पनि पेश गरेको हो। जीएसएमएरिनाका अनुसार शाओमी १२ अल्ट्रा ग्लास, सेरामिक र भिगन लेदर भेरियन्टमा आउनेछ।

यीमध्ये ग्लास भेरियन्ट थुप्रै रंगहरुमा उपलब्ध हुने बुझिएको छ भने सेरामिक भेरियन्ट कालो र सेतोमा आउने भएको छ। तर भिगन लेदर भेरियन्टको रंग संयोजनका बारेमा केही जानकारी दिइएको छैन।

प्रकाशित: २० चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २० चैत्र २०७८, आईतवार