Highlight News

गत आर्थिक वर्षमा दूरसञ्चार उपकरण आयात र भुक्तानीका लागि ९ अर्बभन्दा बढी विदेशी मुद्रा सिफारिस

गत आर्थिक वर्षमा दूरसञ्चार उपकरण आयात र भुक्तानीका लागि ९ अर्बभन्दा बढी विदेशी मुद्रा सिफारिस
Global IME Bank

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई उपकरण आयात र भ्याट भुक्तानीका लागि कुल ९ अर्ब २९ लाख रुपैयाँभन्दा बढी बराबरको विदेशी मुद्रा सिफारिस गरेको छ।

प्राधिकरणले हालै सार्वजिनक गरेको वार्षिक विवरणअनुसार उपकरण आयातका लागि सेवा प्रदायकहरूले ४ अर्ब ८६ करोड २९ लाख ५६ हजार ३४ रुपैयाँ ३९ पैसाबराबरको विदेशी मुद्रा सिफारिस पाएका छन्। भुक्तानीका लागि भने ४ अर्ब १४ करोड १० हजार ५७६ रुपैयाँ २६ पैसाबराबरको विदेशी मुद्रा सिफारिस गरिएको हो।

यसरी उपकरण आयात र भुक्तानी दुवै प्रयोजन जोड्दा प्राधिकरणले कुल ९ अर्ब २ करोड ९६ लाख ६६ हजार ६१० रुपैयाँ ६५ पैसाबराबरको विदेशी मुद्रा सिफारिस गरेको देखिन्छ।

भ्याट भुक्तानीतर्फ सबैभन्दा धेरै रकम वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले पाएको छ। कम्पनीले ३ अर्ब ४६ करोड ५६ लाख ७५ हजार ३७ रुपैयाँ ८० पैसाबराबरको विदेशी मुद्रा सिफारिस पाएको हो, जुन कुल रकमको ८३.७१ प्रतिशत हुन आउँछ।

त्यसपछि भायानेट कम्युनिकेसन लिमिटेडले ३३ करोड ३६ लाख ८६ हजार ३०४ रुपैयाँ, सीजी कम्युनिकेसन लिमिटेडले ३० करोड २१ लाख ७९ हजार ५३२ रुपैयाँ ७० पैसा, एनसेल आजियाटा लिमिटेडले ३ करोड ७६ लाख ४६ हजार ४३० रुपैयाँ ३१ पैसा र कन्स्टेलेसन प्रालिले ८ लाख २३ हजार २७१ रुपैयाँ ४५ पैसाबराबरको विदेशी मुद्रा सिफारिस पाएका छन्।

तस्बिर: NTA

उपकरण आयाततर्फ भने एनसेल आजियाटा लिमिटेड सबैभन्दा अगाडि छ। कम्पनीले २ अर्ब ४३ करोड ५१ लाख ८५ हजार २५८ रुपैयाँ ९८ पैसाबराबरको विदेशी मुद्रा सिफारिस पाएको छ, जुन कुल रकमको ५०.०८ प्रतिशत हो। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले २ अर्ब ४२ करोड ६५ लाख ९४ हजार ६३९ रुपैयाँ २१ पैसा र भायानेट कम्युनिकेसन लिमिटेडले ११ लाख ७६ हजार १३६ रुपैयाँ २० पैसाबराबरको विदेशी मुद्रा सिफारिस पाएका छन्।

दूरसञ्चार ऐन, २०५३ को दफा ३५ मा अनुमतिपत्र प्राप्त व्यक्तिले विदेशी विनिमय सुविधा पाउने व्यवस्था छ। यही व्यवस्थाअनुसार दूरसञ्चार सेवा सञ्चालन गर्न आवश्यक उपकरण विदेशबाट ल्याउनुपरेमा त्यसका लागि चाहिने विदेशी मुद्रा नेपाल सरकारले प्रचलित दरमा उपलब्ध गराउनुपर्ने हुन्छ।

Sajilo Visa
easy care