आईफोन १८ प्रो सिरिज नेपाली बजारमा उपलब्ध: न्यूनतम मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ, विभिन्न अफरहरु उपलब्ध

  • Technology Khabar | १५ आश्विन २०८३, बिहीबार
आईफोन १८ प्रो सिरिज नेपाली बजारमा उपलब्ध: न्यूनतम मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ, विभिन्न अफरहरु उपलब्ध

काठमाडौं ।

एप्पलका आधिकारिक विक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालिले नेपालमा आईफोन १८ प्रो सिरिज आधिकारिक रूपमा अक्टोबर १, २०२६ देखि सार्वजनिक गरेको छ। यस सिरिजमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स उपलब्ध हुनेछन्।

जेननेक्स्टका अनुसार अक्टोबर १ तारिख अर्थात आज बिहिबारदेखि विशेष लन्च अफर उपलब्ध हुनेछन्।

अक्टोबर १ देखि ९ सम्म आईफोन १८ प्रो सिरिज किन्ने ग्राहकहरु कम्पनीको लक्की ड्रमा सहभागी हुन सक्नेछन्।

कम्पनीले ल्याएको लक्की ड्रअन्तरगत २५ लाख रुपैयाँको ग्राण्ड प्राइजसँग १८ जनाले एप्पल वाच सिरिज ११ जित्न सक्नेछन्। यसका साथै आईफोन १८ प्रो सिरिज खरिद गर्ने ग्राहकले शिल्ड प्रो र २० वाटको ओरिजिनल एडाप्टर प्राप्त गर्ने बताईएको छ।

ग्राहकहरुले नबिल क्रेडिट कार्डमार्फत १२ महिनासम्म शुन्य प्रतिशत ब्याजको ईएमआईमा किन्न सक्नेछन भने क्रेडिट कार्ड नभएका ग्राहकका लागि एमएडब्लु कार्डलेस ईएमआई सुबिधा दिनेछ।

यसका साथै पहिलो २०० जना ग्राहकहरुले ३ महिनासम्म एनसेल अनलिमिटेड डाटा र भ्वाइस प्याक निशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले आईफोन १८ प्रोको २५६ जीबीको न्यूनतम मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको छ भने आईफोन १८ प्रो म्याक्स २५६ जीबीको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ।

आईफोन १८ प्रो ५१२ जीबीको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ, १ टिबीको मूल्य ३ लाख ८६ हजार ९०० रुपैयाँ, २ टिबीको मूल्य ५ लाख १३ हजार ९०० रुपैयाँ तोकेको छ।

यस्तै, आईफोन १८ प्रो म्याक्स ५१२ जीबीको मूल्य ३ लाख २२ हजार ९०० रुपैयाँ, १ टिबीको मूल्य ४ लाख ७ हजार ९०० रुपैयाँ, २ टिबीको मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ तोकेको छ।

मोडल स्टोरेज मूल्य
आईफोन १८ प्रो २५६ जीबी २ लाख ५९ हजार ९०० रुपैयाँ
आईफोन १८ प्रो ५१२ जीबी ३ लाख १ हजार ९०० रुपैयाँ
आईफोन १८ प्रो १ टिबी ३ लाख ८६ हजार ९०० रुपैयाँ
आईफोन १८ प्रो २ टिबी ५ लाख १३ हजार ९०० रुपैयाँ
आईफोन १८ प्रो म्याक्स २५६ जीबी २ लाख ७९ हजार ९०० रुपैयाँ
आईफोन १८ प्रो म्याक्स ५१२ जीबी ३ लाख २२ हजार ९०० रुपैयाँ
आईफोन १८ प्रो म्याक्स १ टिबी ४ लाख ७ हजार ९०० रुपैयाँ
आईफोन १८ प्रो म्याक्स २ टिबी ५ लाख ३४ हजार ९०० रुपैयाँ

प्रकाशित: १५ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार