स्थानीय रेडियोले लाइसेन्स दस्तुर तथा नवीकरण शुल्कमा छुट पाउने

  • Technology Khabar | १५ आश्विन २०८३, बिहीबार
स्थानीय रेडियोले लाइसेन्स दस्तुर तथा नवीकरण शुल्कमा छुट पाउने

काठमाडौं ।

सरकारले स्थानीय तहले प्रयोग गर्ने रेडियो यन्त्रको लाइसेन्स दस्तुर तथा नवीकरण दस्तुर छुट दिने निर्णय गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालयले हालै एक सूचना प्रकाशित गरी यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको हो।

मन्त्रालयले रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ को नियम ११ को खण्ड (ख) ले दिएको अधिकार प्रयोग गरी स्थानीय तहले प्रयोग गर्ने रेडियो यन्त्रहरूमा सोही नियमावलीको नियम ९ र १० बमोजिम लाग्ने लाइसेन्स दस्तुर तथा नवीकरण दस्तुर छुट दिने निर्णय गरेको जनाएको छ।

यसअघि गत वर्ष पुसमा सूचना तथा प्रसारण विभागले इजाजतपत्र तथा लाइसेन्स नवीकरणसम्बन्धी सूचना जारी गर्दै सम्बन्धित सबै प्रसारण संस्थालाई तोकिएको समयसीमाभित्र नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको थियो।

त्यतिबेला पुस मसान्तसम्मको म्याद दिएर नवीकरण नगरे राष्ट्रिय प्रसारण नियमावली, २०५२ तथा रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ बमोजिम सम्बन्धित इजाजतपत्र वा अनुमति स्वतः रद्द हुने चेतावनीसमेत दिइएको थियो।

सम्बन्धित समाचार

रेडियोको इजाजतपत्र तथा लाइसेन्स समयमै नवीकरण गर्न विभागको आग्रह, अनलाइन आवेदन दिन सकिने

प्रकाशित: १५ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार