भदौ महिनामा डिजिटल वालेटमार्फत हुने कारोबार रकम र संख्या घट्यो

  • Technology Khabar | ६ आश्विन २०८३, मंगलवार
भदौ महिनामा डिजिटल वालेटमार्फत हुने कारोबार रकम र संख्या घट्यो

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्ममा नेपालमा डिजिटल वालेटमार्फत हुने कारोबार रकम र सङ्ख्या दुवै घटेको छ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको उक्त अवधिसम्मको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकम र सङ्ख्या घटेको हो।

असारबाट साउन मसान्तसम्म आइपुग्दाको एक महिनामा कारोबार रकम ५ अर्ब ६६ करोड ८० लाखले बढेर समग्रमा ५८ अर्ब ४ करोड ५० लाखमा आइपुगेको थियो।

साउन बाट भदौैमा जाँदा डिजिटल वालेट मार्फत हुने कारोबार ९ अर्ब ४५ करोड १० लाखले घटेर समग्रमा ४८ अर्ब ५९ करोड ४० लाखमा आइपुगेको छ।

यस्तै असार मसान्तबाट साउन मसान्तसम्म आइपुग्दा डिजिटल वालेटमार्फत् हुने कारोबार संख्या ६२ लाख ५३ हजार १२६ ले बढेर५ करोड ७० लाख ४० हजार ५६३ पुगेको थियो।

साउनबाट भदौ मसान्तसम्म आइपुग्दा भने कारोबार सङ्ख्या ४० लाख ३३ हजार ७९४ ले घटेर समग्रमा ५ करोड ३० लाख ६ हजार ७६९ मा आइपुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: ६ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार