संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर

  • Technology Khabar | २ आश्विन २०८३, शुक्रबार
संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर

काठमाडौं ।

नेपाल टेलिकमले संविधान दिवसको अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ। अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराएको हो।

कम्पनीका अनुसार यस अफर अन्तर्गत ४९९ (कर सहित) मा अनलिमिटेड लाइट ४९९ प्याकेज प्राप्त गर्न सकिनेछ। यस प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्राप्त हुनेछ। ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने बताएको छ।

त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकहरूका लागि ६९९ (कर सहित) अनलिमिटेड प्रो ६९९ प्याकेज उपलब्ध गराइएको छ। यस प्याकेज अन्तर्गत ३० दिनसम्म दैनिक १० जीबी डाटा प्राप्त हुनेछ भने १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुको हकमा रेन्टल चार्ज समेत प्याकेजमा समावेश गरिएको छ।

यो अफर यही २०८३ असोज ०२ गतेदेखि असोज ०४ गतेसम्म (तीन दिन) उपलब्ध हुने छ। अफर प्राप्त गर्नका लागि मोबाइलबाट *१४१५१*११#  डायल गर्न वा नेपाल टेलिकम एपको प्रयोग गर्न सकिने बताइएको छ।

प्रकाशित: २ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार