पोखरामा सूचना प्रविधि र नवप्रवर्तन प्रदर्शनी

  • Technology Khabar | २ आश्विन २०८३, शुक्रबार
पोखरामा सूचना प्रविधि र नवप्रवर्तन प्रदर्शनी

काठमाडौं ।

चौधौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार पोखरा प्रदर्शनी केन्द्रमा सूचना प्रविधि तथा विज्ञान प्रदर्शनी आयोजना गरियो।

कास्की विज्ञान शिक्षक समाजले आयोजना गरेको उक्त प्रदर्शनीमा निजी र सामुदायिक गरी २८ विद्यालयका ३६ विद्यार्थी समूहले भाग लिएका थिए।

विद्यालय तहका विद्यार्थीलाई सूचनाप्रविधि र नवप्रवर्तनबारे जानकारी दिन प्रदर्शनीको आयोजना गरिएको समाजका अध्यक्ष महेशकुमार प्रधानले जानकारी दिए।

प्रदर्शनीमा सहभागी विद्यार्थी समूहले निर्माण गरेका फोहरमैला व्यवस्थापन, आधुनिक प्रविधि र स्मार्ट सिटी, स्थनीय प्रविधि र मौलिक नवप्रवर्तनसम्बन्धी नमुना उपकरण तथा सामग्री प्रदर्शनीमा राखिएका थिए।–रासस

प्रकाशित: २ आश्विन २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार