नक्कली एसएमएस तथा फिशिङ लिङ्कबाट सावधान रहन नेपाल टेलिकमको आग्रह

  • Technology Khabar | २६ भाद्र २०८३, शुक्रबार
नक्कली एसएमएस तथा फिशिङ लिङ्कबाट सावधान रहन नेपाल टेलिकमको आग्रह

काठमाडौं ।

नेपाल टेलिकमले बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा नक्कली एसएमएस तथा फिशिङ लिङ्क पठाएर ग्राहकलाई शंकास्पद लिंकमा प्रवेश गराउने गतिविधि भइरहेको भन्दै त्यस्ता एसएमएस तथा लिंकबाट सावधान रहन आग्रह गरेको छ।

नेपाल टेलिकमले ग्राहकलाई अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न तथा ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैलाई पनि नदिन आग्रह गरेको छ।

बैंक तथा डिजिटल भुक्तानीसम्बन्धी जानकारी आवश्यक परे सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न टेलिकमले सुझाव दिएको छ।

त्यस्तै, शंकास्पद एसएमएस, कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थालाई तत्काल जानकारी गराउन पनि नेपाल टेलिकमले आग्रह गरेको छ।

टेलिकमले ग्राहकलाई आफ्नो गोप्य विवरण सुरक्षित राख्न र नक्कली सन्देश तथा फिशिङ लिङ्कबाट हुने सम्भावित ठगीबाट जोगिन सचेत रहन आग्रह गरेको हो।

प्रकाशित: २६ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...