काठमाडौं ।
एनबीए स्टार स्टेफन करीबाट प्रेरित गुगल पिक्सेल वाच ५ स्मार्टवाचको विशेष संस्करण बिक्रीमा आएको छ।
गुगलले गत महिना पिक्सेल ११ सिरिजका स्मार्टफोनसँगै पिक्सेल वाच ५ सार्वजनिक गरेको थियो। यो स्मार्टवाच एलटीई र नन-एलटीई संस्करण तथा ४१ र ४५ मिलिमिटर आकारमा उपलब्ध छ। ४१ मिलिमिटरको मोडल चार रङमा उपलब्ध छ भने ४५ मिलिमिटरको मोडल तीन रङमा उपलब्ध छ।
सामान्य मोडलसँगै गुगलले स्टेफन करी स्पेसल एडिसन पनि सार्वजनिक गरेको छ, जुन अहिले खरिदका लागि उपलब्ध छ।
यो मोडल ४५ मिलिमिटर आकार र एलटीई कनेक्टिभिटीमा मात्र उपलब्ध छ।
यसमा पिक्सेल वाच ५ का अन्य मोडलमा रहेका समान स्पेसिफिकेसन र फिचर छन्। तर यसलाई साटिन पाइराइट एल्युमिनियम केस र राई पर्फर्मेन्स लुप स्ट्र्यापले फरक बनाएको छ। स्ट्र्यापमा पानी प्रतिरोधी कोटिङ गरिएको छ र यसले चिस्यानलाई टाढा राख्ने गरी डिजाइन गरिएको छ।
टेलिग्राफका अनुसार स्टेफन करी स्पेसल एडिसनको मूल्य ५७९.९९ डलर तोकिएको छ।
तुलनाका लागि ४५ मिलिमिटर आकार र एलटीई कनेक्टिभिटी भएको सामान्य पिक्सेल वाच ५ को मूल्य ५२९.९९ डलर छ। यस आकारका लागि पर्फर्मेन्स लुप स्ट्र्यापको मूल्य ५९.९९ डलर पर्छ।
घडी र स्ट्र्याप छुट्टाछुट्टै खरिद गर्दा कुल ५८९.९८ डलर पर्छ। यसको अर्थ स्टेफन करीबाट प्रेरित विशेष संस्करण खरिद गर्दा ९.९९ डलर बचत हुन्छ।
बास्केटबल प्रशंसकका लागि यो मोडलले आधुनिक स्मार्टवाचका फिचरसँगै आफ्नो पुस्ताका चर्चित बास्केटबल खेलाडीमध्ये एक स्टेफन करीसँग जोडिएको विशेष डिजाइन पनि उपलब्ध गराउँछ।
प्रकाशित: २२ भाद्र २०८३, सोमबार