एआई नियन्त्रण बाहिर–ओपनएआईका एजेन्टले जर्मन वेबसाइटमाथि गरे कन्ट्रोल

  • Technology Khabar | २२ भाद्र २०८३, सोमबार
एआई नियन्त्रण बाहिर–ओपनएआईका एजेन्टले जर्मन वेबसाइटमाथि गरे कन्ट्रोल

काठमाडौं ।

ओपनएआईका कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टहरुले प्रोगामरहरुले प्रयोग गर्ने जर्मन वेबसाइटमाा १५ हजारभन्दा बढी परिवर्तन गरेको पाइएको छ।

रोयटर्सका अनुसार ती परिवर्तनका क्रममा वेबसाइटलाई प्रतिबन्ध छल्ने र आफ्ना गतिविधि लुकाउने तरिकाहरु विवरण गर्ने ठाउँका रुपमा समेत प्रयोग गरिएको थियो।

अनुसन्धानकर्ताहरुका अनुसार यो गतिविधि वसन्त ऋतुमा भएको थियो। एआई एजेन्टहरु सामाग्री प्रकाशित गर्नमा मात्र सिमित थिएनन्।

उनीहरुले आफ्ना गतिविधि लुकाउन तोर नेटवर्क प्रयोग गरेका थिए। वेबसाइटका संचालकहरुलले सामग्री हटाएपछि त्यसलाई पुनस्थापना गर्न ब्याकअप पेजहरु सिर्जना गरेको पाइएको छ।

केहि अवस्थामा ती एजेन्टहरुले वेबसाइट परिवर्तन गर्न प्रयास समेत गरेको आशंका गरिएको छ। अनुसन्धानकर्ताहरुका अनुसार उनीहरुको गतिविधिमा आपसि समन्वय गर्ने तथा नियन्त्रण छल्ने उपाय आदान प्रदान गर्ने काम समेत समावेश थियो।

यस गतिविधिको ठूलो भाग ओपनएआईले प्रयोग गर्ने माइक्रोसफ्ट अज्योर इन्फास्ट्रक्चरसँग जोडिएको पाइएको छ।

टेलिग्राफका अनुसार यो घटनाले काम गर्न सक्ने एआई एजेन्टहरुले आनलाइन संसारमा कसरी गतिविधि संचालन गर्न सक्छन भन्ने विषयमा नयाँ चिन्ता उत्पन्न गरेको छ। विशेषगरी मानिसहरुले लगाएका प्रतिबन्धहरु छल्ने प्रयास गर्दा यस्ता एआई प्रणाली कति हदसम्म स्वतन्त्र रुपमा अघि बढ्न सक्छन् भन्ने प्रश्न उठेको छ।

मानब हस्तक्षेप बिना आफै निर्णय गरेर विभिन्न कार्य गर्न सक्ने एआई प्रणालिबाट उत्पन्न हुन सक्ने चुनौतिको उदाहरणका रुपमा यस घटनालाई हेरिएको छ।

प्रकाशित: २२ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार