नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामरा जडान हुँदै

  • Technology Khabar | १५ भाद्र २०८३, सोमबार
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामरा जडान हुँदै
फाइल तस्बिर

काठमाडौं ।

नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामरा जडान गरिने काम आजबाट सुरू गरिएको छ।

भोटेकोशी बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट हुनसक्ने जोखिमको सूचना लिन सिसी क्यामरा जडान गर्न लागिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

बाढीविद् सौहार्द जोशीले क्यामरा जडानपछि नदीको बहाव तथा सम्भावित जोखिमबारे दृश्य निगरानी गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जनतालाई पूर्वसूचना दिने उद्देश्यले क्यामरा जडान गर्न लागिएको हो।-रासस

प्रकाशित: १५ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार