नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा सुबिसुको इन्टरनेट सेवा पुनः सञ्चालन

  • Technology Khabar | १५ भाद्र २०८३, सोमबार
नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा सुबिसुको इन्टरनेट सेवा पुनः सञ्चालन

काठमाडौं ।

बाढी तथा पहिरोका कारण प्रभावित बनेका नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा सुबिसुको इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको छ।

सुबिसुले सार्वजनिक गरेको सूचनाअनुसार नुवाकोटका धिउँरे, बट्टार, बिदुर, चौडा र सेरा तथा धादिङका गल्छी, खानीखोला, चरौंदी र मलेखु क्षेत्रमा सेवा पुनः सञ्चालनमा आएको हो।

बाढी तथा पहिरोका कारण यी क्षेत्रमा सुबिसुको सेवा प्रभावित भएको थियो। स्थानीय अवस्था सहज बन्दै गएसँगै आवश्यक मर्मत तथा पुनःस्थापनाको काम पूरा गरेर सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार देवीघाट, बैरावती, धुन्चे, टिमुरे, स्याफ्रुबेँसी र त्रिशूली क्षेत्रमा पनि स्थानीय अवस्था सहज हुनेबित्तिकै सेवा पुनः सञ्चालनका लागि आवश्यक काम अघि बढाइनेछ।

बाढी तथा पहिरोका कारण पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा इन्टरनेट सेवा पुनःस्थापना गर्न सेवा प्रदायकहरूले प्राविधिक टोली परिचालन गर्दै आएका छन्।

प्रकाशित: १५ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार