काठमाडौं ।
नेपालमा आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन महिनामा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या २ करोड ७७ लाख २८ हजार १७० मा झरेक छ।
यो आँकडा अघिल्लो महिना अर्थात् असार मसान्त सम्म २ करोड ७७ लाख ३१ हजार ९३९ रहेको थियो। यस हिसाबले एक महिनाको अवधिमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या ३ हजार ७६९ ले घटेको छ।
यो सङ्ख्या चालु आर्थिक वर्षको सो अवधिसम्म थ्रीजी र फोरजी सेवा लिनेहरु मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको समग्र आँकडा हो।
हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८४ साउन मसान्तसम्मको तथ्याङ्क अनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको सङ्ख्या अघिल्लो महिनाको तुलनामा केही घटेको हो ।
२०८४ साउन महिनाको समग्र २ करोड ७७ लाख २८ हजार १७० ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ करोड ५३ लाख ३५ हजार ३१८ रहेको छ।
यो सङ्ख्यामा टुजीका प्रयोगकर्ता शून्य छ भने थ्रीजीका ६ लाख ५० हजार ४३६ तथा फोरजीका १ करोड ४६ लाख ८४ हजार ८८२ समावेश छन्।
तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड, २३ लाख, ९२ हजार ८५२ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता ९४ हजार७७४ र फोरजीका १ करोड २२ लाख ९८ हजार ७८ रहेका छन्।
फोरजी
टेलिकमले थप्यो , एनसेलले गुमायो
असा् मसान्तको तुलनामा २०८३ साउन मसान्तसम्म नेपाल टेलिकमले फोरजी सेवा लिने ग्राहक केही गुमाएको छ।
असार मसान्तसम्म नेपाल टेलिकमका फोरजी ग्राहक १ करोड ४६ लाख ६४ हजार ४५१ रहेकामा एक महिनाको अवधिमा २० हजार ४३१ ग्राहक थपेर साउन मसान्तसम्म १ करोड ४६ लाख ८४ हजार ८८२ पुगेको छ।
एनसेलले भने एक महिनामा २० हजार ५१७ ग्राहक गुमाएको प्रतिवेदनले देखाएको छ। असार मसान्तसम्म एनसेलका फोरजी ग्राहक १ करोड २२ लाख २२ हजार ७०२ थिए भने साउन मसान्तसम्म आइपुग्दा बढेर यो सङ्ख्या १ करोड २३ लाख १८ हजार ५९५ पुगेको छ।
थ्रीजी
टेलिकमले गुमायो, एनसेलले थप्यो
२०८३ असार महिनासम्ममा नेपाल टेलिकमको थ्रीजी प्रयोगकर्ताको सङ्ख्या ६ लाख ५५ हजार ९८१ थियो। साउन मसान्तसम्म आइपुग्दा ५ हजार ५४५ ले घटेर यो आँकडा ६ लाख ५० हजार ४३६ मा आइपुगेको छ।
एनसेलले भने १ हजार ८६२ ग्राहक थप्दै समग्रमा आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या ९४ हजार ७७४ मा पुर्याएको छ। अघिल्लो महिना असार मसान्तसम्म यो आँकडा ९२ हजार ९१२ रहेको थियो।
समग्रमा हेर्दा एक महिनामा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता केही घटेका छन्। तीमध्ये नेपाल टेलिकमले फोरजीका ग्राहक थपेको र थ्रीजीका गुमाएको छ भने एनसेलले त्यसक ठिक उल्टो फोरजीका ग्राहक गुमाएको र थ्रीजीका थपेको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: १५ भाद्र २०८३, सोमबार