चीनले पुनःस्थापित गर्यो बाढीपहिरो प्रभावित नेपालसँगको सीमानाका क्षेत्रको सञ्चार सेवा

  • Technology Khabar | १४ भाद्र २०८३, आईतवार
चीनले पुनःस्थापित गर्यो बाढीपहिरो प्रभावित नेपालसँगको सीमानाका क्षेत्रको सञ्चार सेवा

काठमाडौं ।

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको बाढी र पहिरो प्रभावित चिरोङ बन्दरगाहको मुख्य उद्धार स्थलमा सञ्चार संकेतहरू पुगेका स्थानीय अधिकारीहरूले आइतबार पुष्टि गरेका छन्।

क्षेत्रीय सञ्चार प्रशासनका निर्देशक निमार दोर्जेले सिन्ह्वालाई चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई बताएअनुसार, नवनिर्मित आधार स्टेशन मार्फत चिरोङ बन्दरगाहमा तैनाथ उद्धारकर्ताहरूसँग सफल फोन कलहरू गरिएको छ।

चिरोङ बन्दरगाहको सीमा गेटसँगै रहेको पहिलो आपतकालीन आधार स्टेशन आइतबार दिउँसो १:३० बजे सञ्चालनमा ल्याइएको थियो।

अहिलेसम्म, सिजाङका दूरसञ्चार अपरेटरहरूले एउटा क्षतिग्रस्त आधार स्टेशन पुनर्स्थापित गरेका छन् र प्रकोप प्रभावित बन्दरगाह नजिकै आठ नयाँ निर्माण गरेका छन्।

उक्त क्षेत्रमा चिनियाँ अधिकारीहरुले फाइभजी सेवा संचालनमा ल्याएको तस्विरहरुमा देखिन्छ।

यसैगरी उद्धार कार्यका लागि बिजुली आपूर्ति सुनिश्चित गर्ने प्रयासको रूपमा स्थानीय विद्युत कम्पनीका कर्मचारीहरूले पहिरो प्रभावित ग्यारोङ बन्दरगाहबाट करिब ३ किलोमिटर पर आपतकालीन पावर ट्रान्सफर्मर स्थापना गरेका छन्। पहिरो प्रभावित क्षेत्रहरूमा बिजुली आपूर्ति बिस्तारै पुनर्स्थापित हुँदै गरेको उल्लेख छ।

प्रकाशित: १४ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार