विदेशबाट सहयोग पठाउन आइएमई मार्फत निःशुल्क सुविधा

  • Technology Khabar | १३ भाद्र २०८३, शनिबार
विदेशबाट सहयोग पठाउन आइएमई मार्फत निःशुल्क सुविधा

काठमाडौं ।

विदेशमा रहेका तथा नेपालमा सहयोग गर्न चाहनेहरूलाई आइएमई मार्फत नेपालमा निःशुल्क पैसा पठाउन सकिने भएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषको नाममा विभिन्न बैंकमा रहेका खातामा आइएमई मार्फत निशुल्क रकम जम्मा गर्न सकिने छ।

यस सुविधाले विदेशबाट पठाइएको सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त गर्न सकिन्छ।

कम्पनीले नेपालभित्रबाट समेत खल्ती बाइ आइएमई मार्फत समेत सरकारको कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ।

प्रकाशित: १३ भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...