काठमाडौं ।
हिमालय अर्गनाइजेसन अन्तर्गत म्याक्सस नेपालले एसएआइसी म्याक्सस अटोमोटिभ कर्पोरेटिभ लिमिटेड चाइनासँगको समन्वयमा, भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई ७० लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ।
उक्त घोषित रकम मध्य ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने योजना गरेको छ भने बाँकी २० लाख रुपैयाँ बराबरकोको अत्यावश्यक राहत सामग्री खरिद गरी बाढी प्रकोप क्षेत्रमा सामाजिक संस्था तथा त्यस स्थानका स्थानीय सरकारको समन्वयमा वितरण गर्ने योजना रहेको छ।
कम्पनीका अनुसार उक्त राहत सामग्रीहरु विपदबाट सबैभन्दा बढी प्रभावित तथा तत्काल सहयोगको आवश्यकता रहेका क्षेत्रहरू पहिचान गरी वितरण गरिनेछ।
प्रत्यक्ष राहत वितरणका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरी प्राथमिकतामा रहेका क्षेत्र तथा वस्तुहरूको पहिचान गरी गरी उपलब्ध गराउनेछ भने राहत सामग्रीको प्रकृति, वितरण क्षेत्र, वितरण प्रक्रिया तथा कार्यान्वयनको समयतालिका हाल सम्बन्धित पक्षहरूसँग छलफल तथा समन्वयको प्रक्रियामा रहेको जानकारी दिए।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गर्ने मिति तथा राहत सामग्री वितरणसम्बन्धी विस्तृत जानकारी आवश्यक समन्वय तथा तयारी पूरा भएपछि छुट्टै सार्वजनिक गरिने बताएको छ।
प्रकाशित: १३ भाद्र २०८३, शनिबार